ad ad

राजनीति


नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ महाधिवेशन असार ४ देखि

नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ महाधिवेशन असार ४ देखि

नेपालखबर
असार ३, २०८० आइतबार १६:५७, काठमाडौँ

नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन असार ४ गतेदेखि काठमाडौंमा सुरु हुने भएको छ।

आइतवार युनियनले काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी दिएको हो। पत्रकार सम्मेलनमा बोल्दै युनियनका महासचिव योगेन्द्र कुँवरले सातौँ राष्ट्रिय महाधिवेशन असार ४ गतेदेखि ६ गतेसम्म काठमाडौंमा हुने बताए।

उनले नेपाली ट्रेड युनियन कांग्रेसको विधानतः सम्पन्न गर्नुपर्ने ७७ जिल्ला समिति, सात वटा प्रदेश र २७ वटा संवद्ध राष्ट्रिय आवद्ध संघहरुको अधिवेशन सम्पन्न भइसकेको पनि जानकारी दिए।

उनले करिव १५ सय महाधिवेशन प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागितामा नेपाली कांग्रेसका शीर्षस्थ नेतृत्व गण, अन्तर्राष्ट्रिय ट्रेड युनियन आन्दोलनका नेताहरु, नेपाल सरकार, रोगारदाता संघका विशेष प्रतिनिधिहरुको सहभागीतामा असार ४ गते दिउँसो १ बजे प्रज्ञा प्रतिष्ठानमा महाधिवेशन उद्घाटन हुने बताए।

उनले वर्तमान समयमा श्रमिकका मुद्दाहरु थप चुनौतिपूर्ण बन्दै गएको र श्रमिकका आधारभुत अधिकार कटौति हुन थालेको बारेमा महाधिवेशनमा विशेष छलफल हुने बताए। उनले श्रम ऐनमा भएका व्यवस्थाको अपव्याख्या गर्दै कार्यस्थलबाट श्रमीक कटौति गर्ने काम शुरु भएकोप्रति आपत्ति जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .