ad ad

राजनीति


काठमाडौं महानगरले सोमबारदेखि भारतीय फिल्म चल्न नदिने

नगर प्रहरीले हल–हलमै पुगेर दियो निर्देशन
काठमाडौं महानगरले सोमबारदेखि भारतीय फिल्म चल्न नदिने

फाइल तस्बिर


नेपालखबर
असार ३, २०८० आइतबार १६:५६, काठमाडौँ

काठमाडौं महानगरपालिकाले नगरभित्रका हलहरूमा भारतीय फिल्मको प्रदर्शन रोक्ने तयारी गरेको छ। दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ भएको विवादित संवाद भारतमा नहटाएपछि महानगरले काठमाडौंमा चल्न नदिने तयारी अघि बढाएको हो। 

महानगरपालिका स्रोतका अनुसार आइतबार हलहरूमा नगर प्रहरी पुगेर भोलिबाट चलचित्र नचलाउन निर्देशन दिएको छ। 

मेयर बालेन्द्र शाहले सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयलाई पत्र लेखेर कुटनीतिक तहबाट भारतमा पनि उक्त अंश हटाउन आग्रह गरेका थिए। 

नेपालमा भने उक्त संवाद हटाएर चलचित्र चलिरहेको छ।

मेयर शाहले सामाजिक सञ्जलामार्फत लेखेका छन्, ‘नेपालको स्वतन्त्रता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह छैन।’

उनले भोलिदेखि सबै भारतीय फिल्म चल्न निषेध गरिएको पनि जानकारी गराएका छन्। 

‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरितको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलि देखि निषेध गरिएको छ,’ उनले भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .