ad ad

राजनीति


च्यासलमा वामदेवले भने : म फर्किएपछि एमालेले ६० लाख भोट ल्याउने गरी काम गर्छु

च्यासलमा वामदेवले भने : म फर्किएपछि एमालेले ६० लाख भोट ल्याउने गरी काम गर्छु

नेपालखबर
असार ३, २०८० आइतबार १६:४४, काठमाडौँ

नेकपा एमालेका तत्कालीन उपाध्यक्ष वामदेव गौतम करिब २२ महिनापछि पार्टी केन्द्रीय कार्यालयमा फर्किएका छन्। 

नेकपा माओवादी केन्द्रको नेतृत्वमा समाजवादी मोर्चा बनाउने तयारी भइरहँदा गौतम आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ललितपुरको च्यासल पुगे।

आफू पार्टी काममा फर्किन तयार रहेको प्रतिवद्धतासहित च्यासल पुगेका गौतमले पहिलो पटक आधिकारिक रुपमा छलफल गर्न आएको बताए।

उनले आफूलाई ‌ओलीले आफ्नो योग्यताअनुसारको जिम्मेवारी दिएमा पार्टीलाई अघि बढाउन दिनरात खटिन तयार रहेको पनि बताए।

समाजवादी मोर्चाका लागि भइरहेको छलफलमा माओवादी केन्द्रको नेतृत्वसँग पनि संवादमा रहेका गौतमले एमालेतिर पनि बार्गेनिङ बढाइरहेका छन्। 

उनले आफू काम गर्ने व्यक्ति भएकाले पार्टीलाई बलियो बनाउन कुनै कसर बाँकी नराख्ने तर्क पनि गरे।

‘एमालेमा आउनुस् भन्नु भयो म काम गर्ने व्यक्ति हो। म सम्मानित भएर काम गर्छु, काम गर्न पाउनुपर्छ। मलाई बिहानदेखि रातिसम्म काम गर्न पाउनु पर्छ’ उनले भने।

गौतमले ओलीलाई भेटिसकेपछि आगामी निर्वाचनमा ६० लाख मत ल्याउने गरी एमालेमा सक्रिय हुने बताए। 

‘आगामी निर्वाचनमा ६० लाख मत ल्याउने गरी काम गर्छु। मैले केही बिचार लेखेर दिएको छु। आगामी निर्वाचनमा ६० लाम त ल्याउने गरी काम गर्नुपर्छ’, उनले भने, ‘यो भवनमा धेरै पहिले आएको हो। अहिले यसलाई राम्रो बनाइएछ। पार्टीलाई पनि यस्तै राम्रो गर्ने अठोट मसँग छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .