ad ad

राजनीति


बाढीपहिरोमा बेपत्ताको उद्धारमा जुट्न प्रधानमन्त्रीको निर्देशन

बाढीपहिरोमा बेपत्ताको उद्धारमा जुट्न प्रधानमन्त्रीको निर्देशन

नेपालखबर
असार ३, २०८० आइतबार ९:३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका विभिन्न जिल्लामा गएको बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति दु:ख व्यक्त गरेका छन्।

उनले बेपत्ताहरूको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा निकाय र कर्मचारीहरूलाई निर्देशन पनि दिएका छन्। आ-आफ्नो ठाउँमबाट सहयोगका लागि आम जनसमुदायसँग अपिल उनले गरेका छन्।

वर्षायामको सुरुवातमै शनिबार रातिको अविरल वर्षापछि देशको पूर्वी क्षेत्रमा गएको बाढी र पहिरोमा २६ जना बेपत्ता भएका छन्। अहिलेसम्म प्राप्त विवरणअनुसार संखुवासभामा गएराति आएको बाढीले बगाउँदा सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७  मजदुर सम्पर्कविहीन भएका छन्।

यस्तै पाँचथरमा बाढीले बगाएर ५ जना र ‍ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिराले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन्। 

बाढीपहिरोले पूर्वी क्षेत्रमा व्यापक क्षति : तीन जिल्लाका २६ जना बेपत्ता, एकजनाको मृत्यु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .