राजनीति


चित्रबहादुरले कम्युनिष्ट बनाएका टोपबहादुरको ४७ वर्षे राजनीतिक जीवनमा पूर्णबिराम

चित्रबहादुरले कम्युनिष्ट बनाएका टोपबहादुरको ४७ वर्षे राजनीतिक जीवनमा पूर्णबिराम

फाइल तस्बिर


नेपालखबर
असार १, २०८० शुक्रबार १९:२८, काठमाडौँ

टोपबहादुर रायमाझीले कम्युनिस्टबाट राजनीति सुरु गरेको ४७ वर्ष भयो। अर्घाखाँचीका रायमाझीलाई राजनीतिमा ल्याउने काम राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गरेका थिए। 

वि‌.सं. २०३१/३२ सालतिर रायमाझीलाई भेटेपछि केसीले कम्युनिस्ट बनाउन जोडेका हुन्। यद्यपि रायमाझीले कम्युनिस्ट पार्टीको सदस्यता भने २०३५ सालतिर मात्र पाएका थिए।

सदस्यता लिएको अवधिमात्रै जोड्दा पनि उनले ४५ वर्ष नेपाली राजनीतिमा बिताएका छन्।

तर नक्कली भुटानी शरणार्थी बनाएर नेपाली ठगी गरेको पुष्टि भएपछि शुक्रबार उनी पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारा चलान भए।

जेल परेसँगै उनको राजनीतिमा ब्रेक लागेको छ। र, सम्भवत: अब सक्रिय राजनीति गर्ने बाटो पनि लगभग अन्त्य भएको छ। तर, जिल्लाको आदेशउपर उनी उच्च अदालत जान सक्छन्।

शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले थुनामा पठाउन आदेश  दिएपछि अर्घाखाँचीबाट प्रतिनिधिसभामा निर्वाचित सांसद रायमाझी सांसदबाट निलम्बित भएका छन् ।

काठमाडौ जिल्ला अदालतमा भएको थुनचेक बहसपछि उनीसहित १६ जनालाई थुनामा राख्ने आदेश दिएको थियो। 
रायमाझीमाथी फौजदारी प्रकृतिको मुद्दा  लागेको हो। 

उनले अर्घाखाँचीबाट २०६४, २०७० दुईपटक संविधान सभा तथा २०७४ र २०७९ मा प्रतिनिधि सभा गरि चारपटक सांसदमा जित निकालेका थिए। 

तत्कालीन नेकपा विघटित भएर नेकपा एमाले र माओवादी फर्किएपछि उनी एमालेतिर लागेका थिए। चितवनमा भएको एमालेको दशौँ महाधिवेशनबाट उनी सचिवमा निर्वाचित भएका थिए। तर उनलाई एमालेले यसअघि नै सचिव पदबाट निलम्बन गरिसकेको छ। 

रायमाझी यसअघि माओवादी र एमालेमा रहँदा चार पटकसम्म मन्त्री बनिसकेका थिए। पूर्वउपप्रधानमन्त्रीसमेत रहेका उनी जेल जाने कम्युनिष्ट पृष्ठभूमिका हालसम्मकै भीआईपी भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .