ad ad

राजनीति


कृषिमन्त्री भन्छन्- अनुदानको मलमा दुरुपयोग भएको छ, सचेत हुनुहोला

कृषिमन्त्री भन्छन्- अनुदानको मलमा दुरुपयोग भएको छ, सचेत हुनुहोला

नेपालखबर
जेठ २९, २०८० सोमबार २०:२५, काठमाडौँ

कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसालले किसानहरुले पाउने मलको अनुदानमा दुरुपयोग भएको भन्दै सचेत रहन आग्रह गरेका छन्।

सोमबार २०औँ राष्ट्रिय धान दिवस मुल समारोह समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले किसानहरुका लागि दिइने मलको अनुदानमा दुरुपयोग हुने गरेको बताएका हुन्।

‘मलको वितरणमा बेथिति सहकारीहरुमा पुगेपछि हुँदोरहेछ। सहकारीमा जाँदासम्मको लागि हाम्रो एउटा सफ्टवेयर बनेको रहेछ,’ उनले भने, ‘त्यहाँबाट तल वितरण कसरी हुन्छ त्यसको व्यवस्थित जानकारी प्राप्त गर्न गाह्रो रहेछ। बुझ्दै जाँदा किसानलाई दिएको अनुदानको मल गैर किसानले प्रयोग गरेको पनि पाइयो।’

उनले अनुदानको मल गैर किसानले लिने गरेको थाहा पाएको भन्दै यसको निम्ति स्वयं किसानपनि सचेत हुनुपर्ने बताए। 

किसानहरुलाई अनुदानको मलको खोजि गर्न आग्रह पनि गरे। उनले मलको दुरुपयोग रोक्न मातहतका निकायहरुलाई निर्देशन समेत दिए।

‘कृषिका निम्ति, कृषकका निम्ति भनेर ल्याइएको मल अथवा कृषकका लागि भनेर दिइएको अनुदान गैर कृषकलाई गएको कुरालाई कसरी बन्देज लगाउने?,’ उनले भने, ‘अथवा कसरी त्यसलाई नियन्त्रण गर्ने भन्ने सवाल एउटा गम्भिर सवालको रुपमा देखिदो रहेछ। मैले नयाँ कुरा सुनेको छु कोकाकोलाले पनि रासायनिक मल खासगरी युरिया मल प्रयोग गर्छ भन्ने सुनेको छु।’

कोकाकोला बनाउँदा हुने फोहोर नष्ट गर्न पनि युरियाको मल प्रयोग हुने गरेको सुनेको मन्त्री भुसालले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .