राजनीति


मन्त्रिपरिषद पुनर्गठन हुने सञ्चारमन्त्रीको संकेत

मन्त्रिपरिषद पुनर्गठन हुने सञ्चारमन्त्रीको संकेत

नेपालखबर
असार १२, २०७६ बिहिबार १४:३७,

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद पुनर्गठन हुने संकेत गरेका छन्।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले मन्त्रिपरिषद पुनर्गठन हुने विषय प्रधानमन्त्रीसँग निहीत हुने पनि स्पष्ट पारे।

बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले ठूलो पार्टी र धेरै नेता भएकाले मन्त्रिपरिषद पुनर्गठन कुनै पनि बेला हुन सक्ने र त्यसको अधिकार प्रधानमन्त्रीसँग मात्रै रहेको पनि बताए।

मन्त्री बास्कोटाले प्रधानमन्त्री केपी ओलीले महशुस गर्नसाथ मन्त्रिपरिषद पुनर्गठन हुन सक्ने पनि बताए। यो अधिकार प्रधानमन्त्रीमा निहीत रहेकाले आफूले त्यसबारे बोल्न नमिल्ने पनि उनले पटक पटक दोहो-याए।

मन्त्री बास्कोटाले मन्त्रीहरु कतिजना फेरिन्छ भनेर समाचार माध्यामले समाचार बनाउनु पनि बेकार हुने बताए।

उनले क्लिन फिड’ लागू गरेरै छाडने दृढता पनि व्यक्त गरे। संचार माध्यामहरुलाई सबल बनाउने गरी ल्याइएको सो विधेयक संसदबाट पारित हुने उनको दावी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad