ad ad

राजनीति


पार्टीभित्रको विकृतिबारे लुम्बिनीका कार्यकर्तालाई कांग्रेस रुपान्तरण अभियानले गरायो सचेत

पार्टीभित्रको विकृतिबारे लुम्बिनीका कार्यकर्तालाई कांग्रेस रुपान्तरण अभियानले गरायो सचेत

नेपालखबर
जेठ २८, २०८० आइतबार १९:४९, काठमाडौँ

नेपाली कांग्रेस रुपान्तरण अभियानले पार्टीभित्रको विकृतिबारे कार्यकर्तालाई सचेत गराएको छ। आइतबार आइतबार दाङमा लुम्बिनी प्रदेशस्तरीय अन्तरिक्रिया कार्यक्रम गर्दै सो अभियानका नेताहरूले पार्टीको विकृतिबारे कार्यकर्तालाई सचेत गराएको हो। 

अभियानका नेता नेताहरुले पार्टी लोकतान्त्रिक विधि, पद्धति र प्रक्रियामा भन्दा पनि व्यक्तिको विचार र शैलीमा परिचालित हुँदै आइरहेको टिप्पणी गरेका छन्र

अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा रुपान्तरण अभियानका अभियन्ता गुरुराज घिमिरेले पार्टी लोकतान्त्रिक विधि, विधान र मूल्य–मान्यतामा आधारित प्रजातान्त्रिक पार्टी भए पनि अहिले व्यक्तिवादी शैलीमा चल्दै आइरहेको टिप्पणी गरे।

कांग्रेस नेता तथा संविधानसभा सदस्य जगदिश्वर नरसिंह केसीले नेपाली कांग्रेस पार्टी सिद्धान्त र विचारको मार्गदर्शनभन्दा बाहिर गई चल्न थालेको बताए।

केसीले पार्टीभित्र सीमित व्यक्तिको मनोमानी चल्दै आइरहेको आरोप लगाउँदै अब नेपाली कांग्रेस एकढिक्का बनाएर लैजाने प्रयासमा रुपान्तरण अभियान केन्द्रित भएको बताए।

पार्टीमा नातावाद मात्रै नभई अहिले धनवाद समेत हाबी हुँदै गएको चर्चा गर्दै केसीले सच्चा कार्यकर्ताहरु पार्टीको हरेक अवसरवाट बञ्चित हुनुपर्ने स्थिति सिर्जना भएको बताए।

कार्यक्रममा युवा नेता रन्जित कर्णले बीपी जन्माएको नेपाली कांग्रेसमा विचौलियाहरू हावी हुँदा कांग्रेस अहिले कांग्रेस नरहेको बताए। 

नेतृत्वकर्मीहरू पार्टी र कार्यकर्ताहरुको हितमा भन्दा पनि व्यक्ति हितमा रहेकाले अहिले पार्टी संरचना र संगठन सीमित व्यक्तिको हातमा पुगेको उनको ठहर थियो।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालको अध्यक्षता आयोजित कार्यक्रममा नेका केन्द्विय सदस्य मधु आचार्य, बिजुला बर्मा युवराज पाण्डे राना, लक्ष्मी पाण्डे लगायतले रुपान्तरण अभियानको आवश्यकता र औचित्य प्रस्ट्याएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .