सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले बजेटकै कारण सरकार नढल्ने बताएका छन्। सत्तारुढ दलहरुले नै बजेटको विरोध गरिरहेका बेला उनले सोही कारण सरकार नढल्ने प्रतिक्रिया दिएका हुन्।
आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद सापकोटाले बजेटको विषयलाई लिएर सत्तारुढ गठबन्धन भित्र केही गुनासो भएको र त्यसलाई सम्बोधन गरेर अघि बढ्ने बताए।
‘आपसी संवादका माध्यमबाट भारतसँग हाम्रा असमझदारीका कुराहरू हल गरिनुपर्छ। समाधान गरेर जानु पर्छ। भारतले जे ग¥यो, त्यो गलत नै गरेको छ,’ सांसद सापकोटाले भने, छआजको विश्व प्रतिस्पर्धामा त्यसलाई विचार गरेर, वरपरका सबै छिमेकीहरुलाई विश्वासमा लिएर जाने गरी विशाल हृदयका साथ भारत अगाडि बढ्नुपर्छ। सरकार ढल्दैन।’
सांसद सापकोटाले सरकारले भारतसँग रहेका असमझदारीहरु हल गर्दै जानुपर्ने बताए।
‘बजेट र त्यसमा पनि विनियोजनको बारेमा सत्ता गठबन्धनभित्र केही गुनासोहरूको विषय छलफलमा छ। मलाइ लाग्छ, यो बैठकमा अन्तिमसम्म जाँदाखेरी गठबन्धन भित्र छलफल गरेर यसको हल हुन्छ’, उनले भने।
Shares
प्रतिक्रिया