राजनीति


प्रतिनिधिसभामा राजस्व र व्ययमाथि उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने

प्रतिनिधिसभामा राजस्व र व्ययमाथि उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने

नेपालखबर
जेठ २८, २०८० आइतबार १०:५८, काठमाडौँ

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बिहान ११ बजेका लागि बैठक बोलाइएको संघीय संसद् सचिवालयले जनाएको छ। 

संसद्‌मा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी छ। आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आव २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको उत्तर दिनेछन्।

आज संसद्‌मा अर्थमन्त्री महतले 'विनियोजन विधेयक, २०८०' सम्भावित कार्यतालिका रहेको छ।

यसैगरी 'विनियोजन विधेयक, २०८०' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने संसद्‌को कार्यसूची रहेको संघीय संसद्‌का महासचिव भरतराज गौतमले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad