कला


अभिनेता मंगल ढिल्लनको निधन

अभिनेता मंगल ढिल्लनको निधन

अभिनेता मंगल ढिल्लन


नेपालखबर
जेठ २८, २०८० आइतबार ११:१०, काठमाडौँ

बलिउड चलचित्र तथा टीभी सिरियलका चर्चित अभिनेता मंगल ढिल्लनको निधन भएको छ।

लुधियानाको क्यान्सर अस्पतालमा भर्ना गरिएका उनको उपचारका क्रममा निधन भएको हो। 

उनले ‘खून भरी माङ’, ‘दलाल’ र ‘तुफान मेल’ जस्ता फिल्ममा काम गरेका थिए। 

मंगल ढिल्लनको जन्म गाउँ फरीदकोटमा रहेको पारिवारिक स्रोतले उनको निधन भएको पुष्टि गरेको हो।

उनको निधनको खबर अभिनेता यशपाल शर्माले पनि फेसबुक पोस्टमार्फत पुष्टि गरेका छन्। 

शिरोमणि अकाली दलका अध्यक्ष सुखवीर सिंह बादलले मंगल ढिल्लनको निधनप्रति दुःख व्यक्त गरेका छन्।

मंगल ढिल्लन पञ्जाबको फरीदकोटका बासिन्दा थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad