ad ad

राजनीति


केन्द्रीय सदस्य शिवाकोटीको प्रश्न- पहिलो कांग्रेस किन तेस्रो पार्टीको पाउमा?

केन्द्रीय सदस्य शिवाकोटीको प्रश्न- पहिलो कांग्रेस किन तेस्रो पार्टीको पाउमा?

फाइल तस्बिर


नेपालखबर
जेठ २६, २०८० शुक्रबार १०:४२, धनकुटा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टी चिन्तनमा चिन्ता मिसिन थालेको टिप्पणी गरेका छन्।

नेपाली कांग्रेस धनकुटाको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने क्रममा नेता शिवाकोटीले गाउँतहमा कांग्रेसजनकै चिन्तनले कांग्रेस बाँचेको दाबी गर्दै पछिल्लो समय यो चिन्तनमा चिन्ता मिसिएको पाइन थालेको बताएका हुन्। 

कांग्रेसले बाटो बिराउँदै गएको प्रसंग जोड्दै उनले भने, ‘हामीले बाटो बिराएको कुरा हुन थालेको छ। संसद्‌मा पहिलो पार्टी भएर पनि कांग्रेस किन तेस्रो पार्टीको पाउमा परेको छ?’

चुनावमा गठबन्धन गर्नु कांग्रेसका लागि स्वाभाविक नभएको दाबी गर्दै शिवाकोटीले थपे, ‘प्रि–पोल यलायन्स गर्ने निर्णय भएयता चुनाव जिते पनि चयन छैन, मनमा छटपटी छ।’

उनले लोकतन्त्रकै लागि लडेका दलका मूल नेताहरु कतै प्रतिगमनर्फ त गएका छैनन् भनी प्रश्न उठ्न थालेको बताए। 

उनले कांग्रेस लोकतान्त्रिक पार्टी भए पनि आन्तरिक लोकतन्त्र कमजोर भएको भन्दै पार्टी विधि-विधानअनुसार नचल्नु दुर्भाग्य भएको जनाए। 

उनले भने, ‘हैन भने हाम्रो लोकतान्त्रिक दलमा किन आन्तरिक लोकतन्त्र कमजोर भयो? किन विधि-विधानअनुसार पार्टी सञ्चालन भएन?’

केन्द्रीय सदस्य शिवाकोटीले ‘कांग्रेस हाम्रो हो, कांग्रेस हाम्रो भविष्य हो’ भन्ने लक्ष्य लिएर कांग्रेस रुपान्तरणमा युवाहरु होमिनु जरुरी रहेको भन्दै कांग्रेसका तर्फबाट सरकारमा गएका मन्त्रीहरुलाई एकपछि अर्को विवादित निर्णयमा फस्नभन्दा जनहितमा निर्णय गर्न सुझाव दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .