ad ad

कला


नीरफूलको अग्रिम बुकिङ उत्साहजनक

नीरफूलको अग्रिम बुकिङ उत्साहजनक

नेपालखबर
जेठ २६, २०८० शुक्रबार १०:४२, काठमाडौँ

आज शुक्रकार (२६ जेठ)देखि देशभरका सिनेमा हलमा रिलिज भइरहेको अभिनेता दयाहाङ राईको प्रतिक्षित चलचित्र ‘नीरफूल’को अग्रिम बुकिङ उत्साहजनक देखिएको छ।

आजदेखि १ सयभन्दा बढी हलमा प्रदर्शन भइरहेको यो चलचित्रको अग्रिक बुकिङ उत्साहजनक देखिएको वितरक गोविन्द शाहीले बताएका छन्। फिल्मलाई गोविन्द शाही र मनोज राठीले वितरण गर्दैछन्। 

चलचित्रमा अभिनेता दयाहाङ राईसँगै शान्ति वाईबा, बुद्धि तामाङ, जिग्मे छ्योकी घिसिङ, पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जीवन बराल, लक्ष्मी बर्देवा, मानस राज, रोशन फुर्वा, विजय लामालगायतको मुख्य भूमिका रहेको छ।

फुलमानसँगै दीपक श्रेष्ठ (युके), माया केसी (युएई), उदय लामा (जापान), चन्द्रमाया लामा (इजरायल), दिनेश लामतरी मगर (कोरिया), अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनम लामा (नेपाल)ले निर्माण गरेका हुन्। फिल्मको सह निर्मातामा गणेश थापा, अशोक थापा, बिके श्रेष्ठ, इन्द्र तामाङ (अमेरिका) रहेका छन्।

यो चलचित्रलाई काफिया फिल्मसले वितरण गरेको हो।

चलचित्रको पटकथा सचिन घिमिरे र फुलमान बलले लेखेका हुन्। जसमा प्रमोद कार्कीको छायाँकन, निमेश श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्र कुमार दोङको संगीत रहेको छ। सिनेमा गीत राजेश पायल राई, प्रमोद खरेल र दुर्गा खरेलले गायका छन्।

चलचित्रले अहिलेको शासन व्यवस्थालाई उजागर गरेको छ। तामाङ भाषामा बनेको चलचित्रमा भाषिक हिसाबले आदिवासी जनजातिलाई राज्यले हेर्ने दृष्टिकोण पनि प्रस्तुत गरिएको निर्माण टिमले बताएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .