राजनीति


प्रधानसेनापति थापाद्वारा बंगलादेशका राष्ट्रपतिसँग भेटवार्ता

प्रधानसेनापति थापाद्वारा बंगलादेशका राष्ट्रपतिसँग भेटवार्ता

नेपालखबर
पुस २८, २०७६ सोमबार ११:५३,

बंगलादेशको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापाले बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

यस्तै थापा नेपाली राजदूतावासले आयोजना गरेको औपचारिक कार्यक्रममा सहभागी भए । थापाले शिख अनिर्वानस्थित वीर सैनिक स्मारकमा माल्यार्पणसमेत गरे। उनको स्वागतमा सेनाकुञ्जमा सम्मान गारतको आयोजना गरिएको थियो।

यसैगरि उनले बंगलादेशको आर्म्ड फाेर्स डिविजनमा भ्रमण गर्नुका साथै विभिन्न सैनिक उच्चपदस्थ व्यक्तित्वहरुसँग भेटघाट गरेका थिए। बंगलादेशका सेना प्रमुखको निमन्त्रणमा त्यसतर्फ गएका उनी  चार दिनको भ्रमण समाप्त गरि माघ १ गते काठमाडौं फर्कने कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .