ad ad

राजनीति


प्रधानमन्त्री प्रचण्ड दिल्लीबाट इन्दौर हुँदै उज्जैनतिर, ठाउँ ठाउँमा स्वागत

प्रधानमन्त्री प्रचण्ड दिल्लीबाट इन्दौर हुँदै उज्जैनतिर, ठाउँ ठाउँमा स्वागत

प्रचण्डको स्वागतमा सडक किनारामा राखिएका भारतीय नागरिक। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
जेठ १९, २०८० शुक्रबार १२:५७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तीन दिन राजधानी नयाँ दिल्लीमा राजनीतिक भेटघाटपछि राज्यहरुको भ्रमणमा निस्किएका छन्।

प्रचण्ड भ्रमण टोलीका अन्य सदस्यसहित शुक्रबार दिउँसो दिल्लीबाट मध्य प्रदेश राज्यको उज्जैनतिर लागेका छन्। 

प्रचण्ड शुक्रबार बिहान मध्य प्रदेशको इन्दौर पुगेका थिए। हवाईमार्गबाट शुक्रबार बिहान इन्दौरको देवी अहिल्याबाई होल्कर विमानस्थल पुगेका दाहाललाई मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वागत गरे।

विमानस्थल बाहिर प्रधानमन्त्री दाहाललाई स्थानीय सांस्कृति झाँकीले स्वागत गरिएको थियो।

सडकमा उभिएका सयौँ नागरिकले नेपाल र भारतको झण्डा फहराएर सम्मान प्रकट गरेका थिए। विमानस्थलबाहिरका सडकमा ‘तपाईंलाई स्वागत छ’ लेखिएका ब्यानर राखिएका थिए।

दिल्लीबाट इन्दौर हुँदै उज्जैनको यात्रामा निस्किएका प्रचण्डको स्वागतमा भारतीय नागरिकलाई उतारिएको छ।

उनीहरुलाई नेपाल र भारतमा झन्डासहित सडकको छेउ छेउमा राखिएको छ। 

इन्दोरबाट सडक यात्रा हुँदै उज्जैन हिँडेका प्रचण्डको स्वागतमा बिजुलीका पोलहरुमा बोर्ड राखिएका छन्।

केही स्थानमा भारतीय समकक्षी नरेन्द्र मोदीसहितका तस्बिर पनि राखिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .