ad ad

राजनीति


नागरिकता विधेयकबारे गठबन्धनप्रति लिङ्देनको आक्रोश : छिछि गोटीहरु...

नागरिकता विधेयकबारे गठबन्धनप्रति लिङ्देनको आक्रोश : छिछि गोटीहरु...

फाइल तस्बिर


नेपालखबर
जेठ १७, २०८० बुधबार १६:५२, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले विवादित नागरिकता विधेयक प्रमाणीकरण गरेसँगै आक्रोश बढिरहेको छ।

अघिल्लो संसद्‍को कार्यकालमा दुई पटकसम्म रोकिएर निष्क्रिय रहेको विधेयक फेरि संसद्‍मा नल्याई राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरिदिएपछि दलहरुमा आक्रोश देखिएको हो।

पछिल्लो पटक राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नागरिकता विधेयकतिर लक्षित गर्दै यसलाई प्रमाणीकरण गराउने सत्तारूढ दलहरुलाई गोटीको संज्ञा दिएका छन्। 

उनले सत्ता स्वार्थका लागि गठबन्धनले आत्मसमर्पण गरेको पनि उल्लेख गरेका छन्। 

‘छि:छि: गोटीहरु...!’, उनले भनेका छन्, ‘सत्ता स्वार्थका लागि यो तहको आत्मसमर्पण?’

उनले आफूहरुले राष्ट्रपति होइन, राजा ल्याउने कुराले सार्थकता पाउँदै गएको पनि बताउका छन्। ‘हामीले राष्ट्रपति होइन, राजा त्यसै भनेका होइनौँ’, उनले अगाडि भनेका छन्, ‘अब ढिलो नगरौं।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .