राजनीति


नागरिकता विधेयकबारे बाबुराम : राष्ट्रघाती भन्ने पाखण्डी हर्कत कसैले नगरुन्

नागरिकता विधेयकबारे बाबुराम : राष्ट्रघाती भन्ने पाखण्डी हर्कत कसैले नगरुन्

फाइल तस्बिर


नेपालखबर
जेठ १७, २०८० बुधबार १६:४०, काठमाडौँ

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकको विरोध गर्नुको अर्थ नरहेको बताएका छन्।

सत्ता गठबन्धनकाा सदस्य एवम् पू्र्वप्रधानमन्त्री भट्टराईले नागरिकता विधेयक प्रमाणीकरण भएर लाखौँ युवाहरुलाई राहत मिलेको पनि बताएका छन्।

‘ढिलै भए पनि राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण हुनु र जायज नागरिकताको अधिकारबाट वञ्चित लाखौँ युवाहरूले आफ्नो सुन्दर भविष्यको ढोका खोल्न पाउनु स्वागतयोग्य कुरा हो’, उनले भनिन्, ‘नागरिकता जस्तो नैसर्गिक अधिकारको विषयलाई कुनै जाति, धर्म, लिङ्गसँग जोडेर आफुलाई मात्र देशभक्त र अरूलाई राष्ट्रघाती भन्ने पाखण्डी हर्कत कसैले नगरून्।’

भट्टराईले जुनसुकै जाति, धर्म, लिङ्गको व्यक्ति देशभक्त वा राष्ट्रघाती हुनसक्ने बताउँदै तर पूरै जाति वा समूहले त्यस्तो नगर्ने पनि तर्क गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .