राजनीति


१९५० को सन्धि परिमार्जनको एजेन्डा सम्झाउँदै बाबुरामले भने- अन्यथा अर्को चारधाम यात्रा मात्र हुन्छ

१९५० को सन्धि परिमार्जनको एजेन्डा सम्झाउँदै बाबुरामले भने- अन्यथा अर्को चारधाम यात्रा मात्र हुन्छ

नेपालखबर
जेठ १७, २०८० बुधबार ९:५०, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा नेपाल भारत प्रवुद्ध समूह (ईपीजी) प्रतिवेदनका मुद्दाहरूलाई समाधान गर्न सुझाव दिएका छन्।

 सन् १९५० को नेपाल-भारत सन्धि परिमार्जनलगायतका महत्वपूर्ण बुँदामा सहमति जुटाएर तयार पारिएको 'ईपीजी' प्रतिवेदन स्वीकार गरेर वा अर्को ईपजी तयार गरेर समस्या समाधानका लागि दुवै पक्षले समाधानका लागि संकल्प गर्नुपर्ने बताएका छन्।

ईपीजीले ९ वटा बैठक बसेर ५ वर्षअघि नै सन् १९५० को नेपाल-भारतको सन्धि परिमार्जनलगायतका महत्वपूर्ण बूँदामा सहमति जुटाएर प्रततिवेदन तयार पारेको थियो। तर अझै पनि भारतले उक्त प्रतिवेदन बुझेको छैन।

दुई छिमेकी मुलुकको राजनैतिक आकाशमा मडारिएको आपसी आशंकाको बादल हटाएउनेगरी दुई प्रधानमन्त्रीबीच वन-टू-वन बैठकमा खुलेर कुरा गर्नु उचित हुने उनले बताएका छन्।

उनले भनेका छन्, 'अन्यथा यो भ्रमण हिन्दू देवताहरूलाई खुसी पार्न अर्को ‘चारधाम यात्रा’ मात्र हुन सक्छ!'

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .