ad ad

राजनीति


हामी रचनात्मक प्रतिपक्षी हौं, बजेटबारे शंकाको लाभ दिन्छौं : स्वर्णिम वाग्ले

हामी रचनात्मक प्रतिपक्षी हौं, बजेटबारे शंकाको लाभ दिन्छौं : स्वर्णिम वाग्ले

नेपालखबर
जेठ १५, २०८० सोमबार २२:२७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा आयको अनुमान अविश्वसनीय र व्ययको अनुमान इच्छाप्रेरित भएको टिप्पणी गरेका छन्। 

संघीय संसद भवन परिसरमा सञ्चारकर्मीलाइै प्रतिक्रिया दिँदै उनले सो कुरा बताएका हुन्।

‘बजेटमा पाँच/सातवटा कुराहरू सकारात्मक सदीक्षा राखेर सुरू गरिएको जस्तो देखिन्छ,’ वाग्लेले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी रचनात्मक प्रतिपक्षी भएकाले हामीले शंकाको लाभ दिने भनेका छौं।’

विदेशी ऋणको कार्यान्वयनको स्थिति नभएको उनले बताए। ‘जेठमा सुनिएको फुलेको बजेट घोषणा गर्ने र माघमा चुपचाप सुकाउने यथार्थमा,’ उनले भने, ‘हाम्रो पार्टी रचनात्मक प्रतिपक्षीको भूमिकामा रहेको कारणले हाम्रो शुभकामना छ।’ 

साथै, उनले अर्थमन्त्री डा. प्रकाशशरण महतको दुई महिनाभित्र परीक्षा हुने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .