नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्वसांसद रेशम चौधरी रिहा भएकामा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ खुसी भएका छन्।
टीकापुर हत्याकाण्डमा अदालतबाट दोषी ठहर भई डिल्लीबजार कारागारमा रहेका चौधरी गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट आममाफी पाएपछि आज जेलमुक्त भएका हुन्। उनले झन्डै १५ वर्ष कैद मिनाहा पाएका हुन्।
यसमा मेयर साम्पाङ हर्षित भएका हुन्। उनले आफूले रेशमको रिहाइका लागि धेरैपटक आन्दोलन गरेको पनि बताएका छन्।
‘सागर बरु सुकेर गइजाला, जान्न माया कहिलेनि सुकेर, यो गीत गाउँदै रेशम चौधरीलाई सम्झन्थेँ, उहाँको संगीत हो यो’, साम्पाङले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘अनेकनचोटि मैले उहाँको रिहाइको माग गर्दै प्रदर्शन पनि गरेँ, आज म खुसी छु।’
जेठ १५, २०८०, साेमबार
111
Shares
प्रतिक्रिया