आगामी आर्थिक वर्षको बजेटमा पुँजीबजार क्षेत्रलाई प्राथामिकताका साथ समेटिएको छ।
सोमबार अर्थमन्त्री डा.प्रकाशशरण महतले ६ वटा बुँदामा पुँजीबजारलाई बजेटमा समेटेका हुन्।
बजेटमा कमोडिटी बजार सञ्चालन, गैरआवासीय नेपालीलाई लगानीको वातावरण निर्माण लगायतका ७ वटा व्यवस्था गरेका हुन्।
पुँजीबजारलाई पारदर्शि प्रतिस्पर्धी बनाउँदै लगानीकर्ताको हित सुनिश्चित एनआरएनलाई जलविद्युत क्षेत्रमा लगानी गर्न खुला गरिने, संस्थागत लगानीकर्तालाई प्रोत्साहन गरिने, पूँजीबजारलाई सुदृढ र गतिशील बनाउन धितोपत्र सम्बन्धी विद्यमान कानुनी व्यवस्थामा समायनुकुल संशोधन गरिने जनाइएको छ।
यस्तै, धितोपत्र औजारहरुलाई विस्तार र विविधीकरण गरिने आवश्यक पूर्वाधार तयार गरि कमोडिटी बजार र एसएमई प्लेट फर्मलाई सञ्चालनमा ल्याइने छ।
105
Shares
प्रतिक्रिया