ad ad

राजनीति


विश्वविद्यालयमा राष्ट्रपति कूलपति हुने व्यवस्था गर्न सरकारसँग नेविसंघको माग

विश्वविद्यालयमा राष्ट्रपति कूलपति हुने व्यवस्था गर्न सरकारसँग नेविसंघको माग

नेपालखबर
जेठ १५, २०८० सोमबार १५:३१, काठमाडौँ

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले विश्वविद्यालयहरुको कूलपति राष्ट्रपति राख्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

सोमबार सिंहदरवारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई ३३ बूँदे ज्ञापनपत्र बुझाउँदै नेपाल विद्यार्थी संघले विश्वविद्यालयको कूलपति राष्ट्रपति हुने व्यवस्था गर्न माग गरेको हो। 

विश्वविद्यालयमा राजनीतिकरण हुन नदिन पनि भारतमा जस्तै नेपालमा पनि राष्ट्रपति कूलपति हुने व्यवस्था गर्न सरकारसँग माग गर्नु परेको संघका अध्यक्ष दुजाङ शेर्पाले बताए।

त्यसैगरी संघले विश्वविद्यालयको पदाधिकारी योग्यता, क्षमता र कार्ययोजनाको आधारमा नियुक्ती गर्न पनि सरकारलाई सुझाव दिएको छ। ज्ञापन पत्रमा सडक, हवाई, यातायात, स्वास्थ्य र मनोरञ्जनको क्षेत्रमा विद्यार्थीहरुलाई ४५ प्रतिशत सहुलियत प्रदान गर्नुपर्ने, परीक्षा प्रणालीलाई समयमै सम्पन्न गर्नुपर्नेलगायतका मागहरु पनि समावेश गरिएको छ।

‘नेपाल विश्वविद्यालयहरुमा जुन किसिमको व्यापक रुपमा राजनीतिकरण भनेर जुन कुराहरु आइरहेको छ। प्रधानमन्त्री कूलपति हुने जुन व्यवस्था छ,’ उनले भने, ‘त्यसलाई राजनीतिकरणबाट थोरै मुक्त गर्नका लागि भारतमा पनि राष्ट्रप्रमुखलाई नै विश्वविद्यालयको कूलपति राख्ने जुन प्रचलन छ। त्यही सिष्टमलाई हाम्रो देशमा पनि हरेक विश्वविद्यालयको कूलपतिहरु राष्ट्रप्रमुख भयो भने त्यसले हाम्रो विश्वविद्यालयको गरिमा पनि रहने र राजनीतिकरणबाट पनि मुक्त हुने हुन्छ।’ 

संघले ११ महिनादेखि रिक्त त्रिभुवन विश्वविद्यालय शिक्षा सेवा आयोगको अध्यक्ष तत्काल नियुक्त गर्न, संघीय शिक्षा ऐन तत्काल ल्याउन, उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि सरकारसँग माग गरेको छ।

‘अब क्याम्पसहरु जति पनि उपकूलपति, डिनहरु नियुक्त हुन्छन्। त्यसमा कुनै पनि खालको राजनीतिक भागबण्डा नगरीकन दक्षताको आधारमा, क्षमताको आधारमा र कार्ययोजनाको आधारमा नियुक्त गर्नु पर्छ भनेर हामीले सम्माननीय प्रधाननमन्त्रीज्यूको ध्यानाकर्षण गराएका छौं,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .