ad ad

राजनीति


कोशी आन्दोलनबारे उपेन्द्र- दमन छाडेर सरकारले वार्ता थालोस्

कोशी आन्दोलनबारे उपेन्द्र- दमन छाडेर सरकारले वार्ता थालोस्

फाइल तस्बिर


नेपालखबर
जेठ १४, २०८० आइतबार १७:२५, काठमाडौँ

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कोशी प्रदेशमा आन्दोलनरत पहिचानवादीसँग तत्काल वार्ता थाल्न सरकारसँग माग गरेका छन्। 

आइतवार प्रदेश राजधानी विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप हुँदा दर्जनौँ घाइते भएको पृष्ठभूमिमा उनले यस्तो माग गरेका हुन्। 

सत्तारुढ दलका नेता समेत रहेका यादवले पुन:नामकरणसहितका माग लिएर आन्दोलितहरुमाथिको दमन बन्द गर्न पनि माग गरेका छन्।

‘प्रदेश सभाबाट प्रदेश १ को नामाकरण कोशी प्रदेश गरिएकोमा त्यसलाई अस्वीकार गर्दै उक्त नामलाई खारेज गरी ऐतिहासिक पृष्ठभूमि र पहिचानलाई समेत सम्बोधन हुने गरी पुनरनामाकरण गर्न माग गर्दै भइरहेको जनप्रदर्शनमाथि सरकारले दमन गर्ने कार्य तत्काल बन्द गरी समस्याको न्यायोचित सम्बोधन हुने गरी आन्दोलनरत पक्षहरुसँग वार्ताद्वारा समस्याको हल गर्न सरकारसँग अनुरोध गरिन्छ’, उनले भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .