ad ad

राजनीति


सीमा विवादलाई कूटनीतिक पहलबाट समाधान गर्न सरकार दृढ छ : प्रधानमन्त्री

सीमा विवादलाई कूटनीतिक पहलबाट समाधान गर्न सरकार दृढ छ : प्रधानमन्त्री

नेपालखबर
जेठ १३, २०८० शनिबार १९:५५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि रहेकोमा सरकार प्रष्ट रहेको बताएका छन्। 

शनिबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सांसदहरूले उठाएको प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सीमा विवादलाई कूटनीतिक पहलबाट समाधान गर्ने बताए। 

उनले थाँती रहेको सीमा विवादलाई ऐतिहासिक सन्धि, नक्सा तथ्य र प्रमाणको आधारमा कूटनीतिक पहलबाट समाधान गरिने सम्बोधनको क्रममा बताएका हुन्। 

प्रधानमन्त्री प्रचण्डले भने, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो भन्नेमा सरकार प्रष्ट छ। थाँती रहेको सीमा विवादलाई ऐतिहासिक सन्धि, नक्सा तथ्य र प्रमाणको आधारमा कूटनीतिक पहलबाट समाधान गर्न सरकार दृण छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .