ad ad

राजनीति


‘जलहरी’को विषयमा विपक्षी दलको नेतालाई जोड्नु उचित होइन : प्रधानमन्त्री

‘जलहरी’को विषयमा विपक्षी दलको नेतालाई जोड्नु उचित होइन : प्रधानमन्त्री

नेपालखबर
जेठ १३, २०८० शनिबार १७:२५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथको जलहरी सम्बन्धी विषयमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर सदनमा विचार व्यक्त हुनु उचित नभएको बताएका छन्। 

प्रतिनिधिसभाको आजको बैठकको सुरुमा समय लिएर बोल्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्। 

‘श्री पशुपतिनाथ मन्दिरमा रहेको को जलहरीबारे सदनमा चर्चा उठेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने,, ‘पशुपतिनाथ मन्दिरको जलहरी लगायतको विषयमा काम गर्ने क्षेत्राधिकार पशुपति क्षेत्र विकास कोषको हो। र सोही संस्थाले काम गरेको विषयमा कुनै विवाद छैन।’

जलहरीका केही विषयबारे अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उजुरी परी छानबिन भइरहेको उनले प्रष्ट पारे।

‘अख्तियार दूरुपयोग अनुसन्धान आयोगले स्वतन्त्र एवं निष्पक्ष छानबिन गर्नेनै छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यसमा सरकारको सहयोग रहनेछ। पशुपतिनाथको जलहरी सम्बन्धि विषयमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर सम्मानित सदनमा विचार व्यक्त हुनु उचित होइन।’

यस्ता विषयहरु संसदको रेकर्डबाट हटाउने प्रचलन रहेको उनले बताए। 

‘यस्ता विषय संसदको रेकर्डबाट हटाउने प्रचलन पनि रहेकै छ। यति भनिसकेपछि मैले नीति कार्यक्रमसम्बन्धि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम आज नै रहेको छ बाँकी विस्तृत रुपमा त्यतिबेला नै कुरा राख्नेछु धन्यवाद,’ प्रधानमन्त्री प्रचण्डले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .