ad ad

राजनीति


नेपालका लागि भारत अवसर हो, तर यसलाई समस्या बनाइयो : सांसद राई

नेपालका लागि भारत अवसर हो, तर यसलाई समस्या बनाइयो : सांसद राई

नेपालखबर
जेठ ११, २०८० बिहिबार १५:१०, काठमाडौँ

नेकपा (एमाले)का सांसद रामचन्द्र राईले छिमेकी मुलुक भारतसँगको नेपालको सम्बन्ध अवसर भएको बताएका छन्। 

बिहीबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सांसद राईले नेपालको लागि भारतसँगको सम्बन्ध अवसर भएको बताएका हुन्।

उनले छिमेकी मुलुकसँगको सम्बन्ध हाम्रो लागि समस्या नभएको बताए। भारतसँगको सम्बन्धलाई अवसरको रुपमा परिणत गर्न नेतृत्वको सुझबुझपूर्ण पहलकदमी हुनुपर्ने भएपनि त्यस्तो हुन नसकेको उनले बताए।

‘१९५० को सन्धीको मुख्य कपी छैन। जे प्राप्त भएको छ, त्यसको आधिकारिकता कति छ जसको मुख्य कपी अहिलेसम्म पाएकै छैन,’ उनले भने, ‘हामीले जे बजारमा पाइरहेका छौँ, जे हाम्रोमा सुन्नमा, देख्नमा, बुझ्नमा आइरहेको छ यसको आधिकारिकता कति? दोस्रो कुरा भारत नेपालको लागि अवसर हो भन्ने बुझ्छु मैले। तर यसलाई समस्या बनाइयो। त्यो पनि हाम्रो नेतृत्वको कारणले गरेको हो। मेरो कुरा के हो भने भारत समस्या होइन अवसर हो।’

सांसद राईले सन् १९५० को भारत–नेपाल शान्ति तथा मैत्री सन्धिको मुल कपि नै नभएको भन्दै बजारमा सुनिएका कुराहरुको आधिकारिताको सम्बन्धमा प्रश्न उठाए।

‘यसलाई अवसरको रुपमा परिणत गराउनको लागि हाम्रो नेतृत्वको सुझबुझपूर्ण पहलकदमी हुनुपथ्र्यो हुनुपथ्र्यो भएन। १९५० को सन्धी खारेज हुनु, नहुनुले केही अर्थ छैन,’ उनले भने, ‘यसमा लेखिएका बुँदाहरूले देखिन्छ यो खारेज हुनु नहुनुको केही अर्थ छैन। तर हामी यसैलाई कोकोहोला गरिरहेका छौँ। १९५० को असमान सन्धी खारेज गर समस्या
पारेको छ चल्न दिएको छ भनिरहेका छौँ।’

उनले नेपालमा सन् १९५० को सन्धि खारेज हुनुपर्ने माग बारम्बार उठिरहने भन्दै सो सन्धी खारेज हुनु र नहुनेको कुनै अर्थ नभएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .