ad ad

राजनीति


ज्ञानेन्द्र शाहीको टिप्पणी : ससद् बैठक रेस्लिङ क्लब जस्तो

ज्ञानेन्द्र शाहीको टिप्पणी : ससद् बैठक रेस्लिङ क्लब जस्तो

फाइल तस्बिर


नेपालखबर
जेठ १०, २०८० बुधबार १३:४४, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले संसदमा उभिँदा आफूलाई रेस्लिङ क्लबमा पुगेको जस्तो महसुस भएको बताएका छन्। 

सरकारले संसदमा पेश गरेको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा बुधबार उनले आफू रेस्लिङ क्लबमा पुगेको जस्तो महसुस भएको बताएका हुन्।   

‘संसदमा उभिँदै गर्दा म त यो रेस्लिङ क्लबमा आए जस्तो पो महसुस भयो। यो उतापट्टी बस्ने, यतापट्टी गाली गर्ने। यतापट्टीको दाइहरुले उतापट्टीको बाउलाई गाली गर्ने,’ शाहीले भने, ‘बाबा पक्षहरुले दाइलाई गाली गर्ने। यो परम्पराले संसदमा अहिले पनि एकदिनमा १० लाखभन्दा बढी खर्च हुन्छ संसद चलाउन।’ 

उनले पूर्वप्रधानमन्त्रीहरुले संसदमा पट्यार लाग्दो भाषण गरेकोप्रति इंगित गर्दै रेस्लिङ क्लबमा जान सुझाए। 

‘पूर्वप्रधानमन्त्रीहरु आउने, २–३ घण्टासम्म भाषण ठोकेको ठोक्यै गर्ने,’ शाहीले भने, ‘त्यो भएकाले सदनमा होइन, रेस्लिङ क्लबमा जानुस् तपाईंहरु। संसदमा यत्रो बजेट खर्च गरेर बकम्फुसे गफ सुन्न जनताले तपाईं हामीलाई निर्वाचित गराएका होइनन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .