राजनीति


विप्लवका पोलिटब्युरो सदस्य कार्की नेकपामा प्रवेश

विप्लवका पोलिटब्युरो सदस्य कार्की नेकपामा प्रवेश

नेपालखबर
पुस २६, २०७६ शनिबार ५:४२,

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्।

शनिबार विहान नेकपाको पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्कीलाई पार्टी प्रवेश गराएका हुन्।उनले नेता कार्कीले सहि निर्णय गरेर नेकपामा प्रवेश गरेको बताए।

तत्कालीन नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्य रहेका कार्की पार्टी फुटपछि वैद्य हुँदै विप्लव नेकपामा लागेका थिए।

सरकारले विप्लव नेतृत्वको नेकपा हिंस्तमक गतिविधिमा लागेको भन्दै पार्टीका गतिविधि गर्न प्रतिबन्ध गरेपछि कार्की २०७५ साल चैत १ गते ललितपुरको बालकुकारीस्थित डेराबाट पक्राउ परेका थिए। उनी १ सय ४३ हिरासतमा बसी २०७६ साउन २१ गते रिहा भएका थिए। किड्नीको समस्याबाट पीडित रहेका कार्की त्यसपछि पार्टी गतिविधिमा नलागेको बताइएको छ।

अध्यक्ष प्रचण्डले कार्की सहितको समूहलाई पार्टीमा स्वागत गर्दै नेकपाका अध्यक्ष विप्लव पनि छिट्टै फर्केर आउने विश्वास व्यक्त गरे।

‘साथीहरु फर्कने क्रम जारी छ, अब विप्लव पनि आउनुपर्छ’, उनले भने, ‘मलाई विश्वास छ, एकदिन उहाँ पनि आउनुहुन्छ। आउनुभएन भने कसैलाई पनि फाइदा हुँदैन।’

अध्यक्ष प्रचण्डले कम्युनिस्ट आन्दोलन फुट र एकताको चरणबाट अगाडि बढेकाे भन्दै उनले फेरी नेपालको कम्युनिस्ट आन्दोलन एकतावद्ध हुने क्रममा रहेको बताए। उनले छरिएर रहेका सम्पूर्ण समूहलाई पुनः एकतावद्ध हुन आह्वान समेत गरे।

कार्यक्रममा बोल्दै कार्कीले विप्लव नेतृत्वको नेकपाबाट क्रान्ति पार नलाग्ने बताउँदै आफू नेकपामा प्रवेश गरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .