ad ad

राजनीति


हेटौंडामा बोलेरोको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

हेटौंडामा बोलेरोको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

नेपालखबर
जेठ ३, २०८० बुधबार ११:२२, काठमाडौँ

हेटौंडामा बोलेरोको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ।

हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११, नमुना चोकस्थित भित्री सडकखण्डमा आज बिहान बोलेरो पिकअप गाडीले ठक्कर दिँदा स्थानीय सुमि डिङ्डुङको छोरा समर लोको मृत्यु भएको प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए।

बुधबार बिहान सिमलटारबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००१ च १५९७ नम्बरको बोलेरो गाडिले ठक्कर दिँदा समर घाइते भएका थिए।

उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा बिहान पौने ८ बजे डाक्टरले उनलाई मृत घोषणा गरेको प्रवक्ता कार्की बताए। गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .