राजनीति


राप्रपा केन्द्रीय समिति बैठक जारी, राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदै

राप्रपा केन्द्रीय समिति बैठक जारी, राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदै

फाइल तस्बिर


नेपालखबर
जेठ २, २०८० मंगलबार १०:३, काठमाडौँ

सोमबारदेखि सुरु राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी छ।

केन्द्रीय समिति बैठक बिहान साढे ८ बजेदेखि धुम्बाराहीमा बसिरहेको छ। सोमबारको बैठकमा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

बैठकमा पार्टी अध्यक्ष लिङ्देनले प्रस्तुत गरेको ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ शीर्षकको प्रतिवेदनमाथिको छलफलमा नेताहरूले बोल्ने क्रम जारी छ।

उक्त प्रतिवेदनमा महाधिवेशन र पुस्तान्तरण, तीनै तहको निर्वाचनमा पार्टीको अवस्था, संवर्द्धनवादी विश्व सङ्गठनमा पार्टीको सहभागिता, राजसंस्था, हिन्दू राष्ट्र संविधानविपरीत नभएको विषय उल्लेख छ । 

त्यसैगरी, पृथ्वीनारायण शाहको जन्म दिवसमा सरकारले बिदा उपलब्ध गराएर गल्ती सच्याएको, पछिल्लो पटक सरकारमा पार्टीको सहभागिताका विषय, सरकारमा ४० दिन रहँदा गरेका कार्यका बारेमा प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बैठकमा पेस गरिएका सबै प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेपछि सुझावका आधारमा ती परिमार्जन गरिने छन् ।

बैठक बुधबारसम्म चल्नेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .