ad ad

राजनीति


रास्वपा सांसद भन्छन्- भ्रष्टाचारीलाई बचाउन नाटक मञ्चन भयो

रास्वपा सांसद भन्छन्- भ्रष्टाचारीलाई बचाउन नाटक मञ्चन भयो

नेपालखबर
जेठ १, २०८० सोमबार १७:५७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले आफ्नो पार्टीका नेता अपराधमा मुछिँदा राजनीतिक दलहरुले उसको बचाउ गर्ने गरेका बताएका छन्। 

सोमबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद पराजुलीले पार्टीका नेताहरू अपराधमा मुछिँदा उसलाई बचाउन निकृष्ट नाटक मञ्चन हुने गरेको बताए।

नाटक मञ्चन जिम्मेवार भनिएका दल जसले आम नेपाली जनतालाई सुशासनका झुटा वाचा गरेर आउनुभएको छ । खबरदार अब यस्तो नाटक मञ्चन गरेर जनतालाई भ्रम छर्ने र मुद्दालाई विषयान्तर गरी जनतालाई झुक्याउने खेल अब नगरियोस् ।’

उनले सुशासनको वाचा गरेर आएका राजनीतिक दलहरूज्ञनै भ्रष्टाचारीलाई बचाउन लागि परेको पनि आरोप लगाए। 

‘कानूनी राज्यमा व्यक्तिले अपराध गरेमा कानूनको निर्मम प्रयोग गरेर अपराध र अपराधीलाई न्यायको कठघरामा उभ्याएर दण्डित गराउनु कानूनी राज्यको न्युनतम दायित्व हो,’ उनले भने, ‘तर यहाँ नेतृत्वमा रहेकाले नै राजनीतिक तथा राज्यसत्ताको चरम दुरुपयोग गरेर यसको ठिक उल्टो आचरण देखाइरहेको अवस्था छ।’

उनले जनतालाई भ्रम छर्न र मुद्दालाई विषयान्तर गरी जनतालाई झुक्याउने खेल नगर्न चेतावनी समेत दिए।

‘राज्य संयन्त्र सञ्चालनमा उच्च तहका राजनीतिक तथा प्रशासनिक व्यक्तिहरु नै आफैँ जघन्य अपराध तथा बेथिति र भ्रष्टाचारमा लिप्त भएको बलियो शंकाको घेरामा देखिएको अवस्था उजागर हुँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नै आज सम्पूर्ण नेपाली जनताले ज्यादै लज्जाको बोध गरिरहनुपरेको अवस्था छ,’ उनले भने, ‘अपराधी र भ्रष्टाचारीको न कुनै जात हुन्छ । न कुनै धर्म। भ्रष्टाचारी केवल अपराधी मात्र हुनुपर्ने हो र सम्पूर्ण राष्ट्रको शत्रु हुनुपर्ने हो। तर यस सम्मानित सदनमा आफ्नो पार्टीको नेता कुनैपनि अपराधमा मुछिँदा उसको बचाउमा निकै निकृष्ट नाटक मञ्चन भएको देख्ने गरिन्छ।’

सांसद पराजुलीले नक्कली भूटानी शरणार्थी प्रकरणमा शंकास्पद उच्च ओहोदाका व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान गर्न अलमल गरिएकोको आशंका व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .