राजनीति


एमाले स्थायी कमिटीको बैठक बस्दै

एमाले स्थायी कमिटीको बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
बैशाख ३०, २०८० शनिबार ८:४१, काठमाडौँ

नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बिहान बस्दै छ। 

एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले अब केही बेरमा पार्टीको केन्द्रीय कार्यालय (च्यासल) मा बैठक सुरु हुने जानकारी दिए। 

एमालेको स्थायी कमिटी बैठक हिजै (शुक्रबार) राख्ने योजना भए पनि समूहगत छलफलमा समय लागेकाले आज राख्न लागिएको हो। 

‘बैठक (स्थायी कमिटी) ले केन्द्रीय कमिटीमा भएका समूहगत छलफलबाट प्राप्त सुझावका आधारमा वार्षिक कार्ययोजना तय गर्छ’, स्थायी कमिटी सदस्य तामाङले स्थायी कमिटी बैठक सुरु हुनुअघि नेपालखबरसँग भने, ‘अनि उक्त कार्ययोजना आजै केन्द्रीय कमिटी बैठकमा पेस गरिनेछ।’

आज दिउँसो १ बजे केन्द्रीय कमिटीको बैठक बस्ने र समापन गरिने उनले जानकारी दिए। पार्टी केन्द्रीय कार्यालयमा बिहीबारदेखि जारी एमालेको केन्द्रीय कमिटीको बैठक आज सक्न लागिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .