ad ad

राजनीति


अमेरिकाले दबाब नदिएको भए बालकृष्ण खाँण पक्राउ पर्ने थिएनन्- रवीन्द्र मिश्र

अमेरिकाले दबाब नदिएको भए बालकृष्ण खाँण पक्राउ पर्ने थिएनन्- रवीन्द्र मिश्र

नेपालखबर
बैशाख २८, २०८० बिहिबार १४:१४, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले अमेरिकाले कडा दबाब दिएका कारण मात्र नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न ठूला नेता पक्राउ परेको दाबी गरेका छन्।

पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण पक्राउ परेको भोलिपल्ट बिहीबार मिश्रले यो वर्तमान सरकारले आफ्नै मनले गरेको काम नभएको टिप्पणी गरेका हुन्। 

‘भुटानी शरणार्थी काण्डमा भइरहेको छानबिनबारे साराका सारा अत्यन्त उत्साहित भइरहेको देखिन्छ। तपाईंलाई लाग्छ– यो काण्डबारे द्रूत गतिमा भइरहेको छानबिन वर्तमान नेतृत्वमा अनायास पलाएको भ्रष्टाचारविरोधी चेतनाको प्रतिफल हो’, मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यो हो भने भ्रममा हुनुहुन्छ।’

यस विषयमा कांग्रेस सांसद आरजु देउवा र माओवादी सांसद माधव सापकोटाले भुटानी शरणार्थी काण्डको छानबिन अमेरिकी गुप्तचर तथा सुरक्षा संस्था ‘एफबीआई’ले पनि गरिरहेको छ भनी गरेको टिप्पणीलाई नबिर्सिन उनले आग्रह गरेका छन्।

मिश्रले अगाडि लेखेका छन्, ‘भुटानी शरणार्थीको विषय संयुक्त राज्य अमेरिकासँग पनि जोडिएको छ र उनीहरूको चासो र सम्भवतः गम्भीर र धम्कीपूर्ण दबाब नभएको भए कांग्रेसका ठूला नेता बालकृष्ण खाँण पक्राउ पर्ने र विभिन्न कारणले प्रतिपक्षी भए पनि साथ लिनैपर्ने एमालेका ठूला नेता टोपबहादुर रायमाझीका विरुद्ध पक्राउ पुर्जी जारी हुने कल्पनै गर्न सकिँदैन।’

अन्यथा भ्रष्टाचारका अन्य ठूलठूला काण्ठमा पनि नेताहरू समातिनुपर्ने उनको तर्क छ। 

‘गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नै अन्तरआत्माको आँटले यो कार्य गरिरहनु भएको हो भने उहाँले पालैपालो अरू दर्जनौँलाई सप्रमाण पक्राउ गर्न सक्नुहुन्छ भन्नेमा सन्देह छैन’, उनले लेखेका छन्, ‘होइन भने यसबाट कोही धेरै उत्साहित हुनु पर्ने कारण छैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .