ad ad

राजनीति


प्रि-बजेटबारे आज पनि छलफल, बुधबार अर्थमन्त्रीले जवाफ दिने

प्रि-बजेटबारे आज पनि छलफल, बुधबार अर्थमन्त्रीले जवाफ दिने

नेपालखबर
बैशाख २६, २०८० मंगलबार ९:४७, काठमाडौँ

आइतबारदेखि सुरु संसद्‌को बर्खे अधिवेशनअन्तर्गत सोमबारदेखि प्रि-बजेटमाथि छलफल जारी छ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा पनि प्रि-बजेटमाथि छलफलको कार्यतालिका रहेको छ। बिहान १०ः३० बजेबाट सुरु हुने बैठकमा आइतबार संसद्‌मा पेस गरिएको बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुनेछ।

बजेटका सिद्धान्त र प्राथमिकतामा सोमवार सांसदहरूले बोल्ने क्रम नसकिएकाले आज पनि सोही विषयमा छलफल हुनेछ।

सरकारका तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महतले भोलि(बुधबार) जवाफ दिने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .