ad ad

राजनीति


गगनको कांग्रेसलक्षित टिप्पणी- कहिले लडेँ, कहिले मौन बसेँ, अब त अति भो

गगनको कांग्रेसलक्षित टिप्पणी- कहिले लडेँ, कहिले मौन बसेँ, अब त अति भो

नेपालखबर
बैशाख २४, २०८० आइतबार १९:१३, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेतृत्वको कार्यशैलीप्रति एकैपटक निराशा र आक्रोशमिश्रित धारणा सार्वजनिक गरेका छन्। 

आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै उनले नेतृत्व, पार्टी, पद्धति अनुसार अझैपनि चल्न नसकेको बताएका हुन्।

उनले आफूले पटक पटक मौनता साँधेको तथा साथीहरूलाई सम्झाएको प्रसंग निकाल्दै अब सहन नसकिने बताएका छन्। 

‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ,’ थापाले भनेका छन्, ‘म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो!’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .