ad ad

राजनीति


विनोद चौधरी भन्छन्- नेपाल आर्थिक मन्दीमा फसेको निश्चित भएको छ

विनोद चौधरी भन्छन्- नेपाल आर्थिक मन्दीमा फसेको निश्चित भएको छ

नेपालखबर
बैशाख २४, २०८० आइतबार १३:३२, काठमाडौँ

उद्योगपति एवं नेपाली कांग्रेसका नेता विनोद चौधरीले नेपाल आर्थिक मन्दीमा फसेको बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी भएको 'नेपाल व्यवसाय शिखर सम्मेलन-२०२३’ कार्यक्रममा सहभागी चौधरीले ट्विटरमा लेखेका छन्, 'नेपाल आर्थिक मन्दीमा फसेको पनि लगभग निश्चित भएको छ।'

उनले दुई त्रैमासमा आर्थिक वृद्धिदर ऋणात्मक रहनु भनेको आर्थिक मन्दीमा जानु बुझ्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता नै भएको बताएका छन्।

आज(आइतबार) सोही कार्यक्रममा सहभागी प्रधानमन्त्री दाहालले भने अर्थतन्त्र संकटमा छ भनेर आतंक सिर्जना गरिएको टिप्पणी गरेका थिए।

अहिले मुलुकको अर्थतन्त्र समस्यामा भए पनि सुधारका प्रयास चालिरहेकाले चिन्ताजनक अवस्थामा नरहेको उनको भनाइ थियो।

अर्थतन्त्र संकटमा छ भनेर आतंक सिर्जना गरियो भन्दै चिन्ताजनक अवस्था नभएको टिप्पणी गरेका थिए।
 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .