ad ad

राजनीति


कार्यव्यवस्था परामर्श समितिको बैठक, यस्ता छन् एजेन्डा

कार्यव्यवस्था परामर्श समितिको बैठक, यस्ता छन् एजेन्डा

नेपालखबर
बैशाख २४, २०८० आइतबार १२:३२, काठमाडौँ

प्रतिनिधिसभाको बैठक बस्नुअघि अहिले कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ। 

आइतबार अपराह्न ४ बजे प्रतिनिधिसभाको दोस्रो अधिवेशन सुरु हुनुअघि कार्यव्यवस्था समितिको बैठक बसिरहेको हो। 

यो बैठकमा सभामुख उपसभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने विषय छलफलका लागि राखिएको छ। 

त्यसैगरी मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८० पेश गर्ने सम्बन्धमा, आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि बैठकमा छलफल हुँदैछ।

त्यसैगरी बैठकमा सांसदहरू बस्ने क्रम निर्धारण, प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी नियमावलीको व्यवस्था र सभाका सदस्यहरूको उपस्थिति वेबसाइटमार्फत सार्वजनिक गर्ने र ई-हाजिरी पनि छलफलको एजेन्डा रहेका सभामुखको सचिवालयले उल्लेख गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .