ad ad

राजनीति


भुटानी शरणार्थी प्रकरणबारे प्रचण्ड- ट्रेलर देखायौं, सिंगै फिल्म देखिनेवाला छ

‘३२ सिटको माओवादी गर्जिंदा बहुमत ल्याउछौं’
भुटानी शरणार्थी प्रकरणबारे प्रचण्ड- ट्रेलर देखायौं, सिंगै फिल्म देखिनेवाला छ

पाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड।


नेपालखबर
बैशाख २३, २०८० शनिबार १५:४५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारसम्बन्धी ठूला फाइलहरू खुल्दै जाने बताएका छन्।

शनिबार काठमाडौंमा नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले अब भ्रष्टाचारका ठूला फाइलहरु खुल्दै जाने बताएका हुन्। 

कुनैपनि हालतमा भ्रष्टाचारीलाई छुट दिन नसकिने प्रधानमन्त्री प्रचण्डको भनाई थियो। 

सो कार्यक्रमलाई सम्बोधन गर्नुपूर्व प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग २ घन्टा लामो छलफल गरेका थिए। 

छलफलका क्रममा भुटानी शरणार्थीको प्रकरणबारे ओलीले प्रचण्डसँग चासो व्यक्त गरेका थिए।

प्रधानमन्त्री प्रचण्डले भने अहिलेको नेपालीलाई भूटानी शरणार्थी बनाइ बेच्ने कुरा ट्रेलर मात्रै रहेको भन्दै पूरा फिल्म देख्न बाँकी रहेको बताएका छन्। 

‘मैले घोषणा गरेको थिएँ, अब भ्रष्टाचारीहरुको फाइल खोलिन्छ, कुनैपनि हालतमा भ्रष्टाचारीलाई छुट दिन सकिँदैन। अहिले त्यो प्रक्रिया सुरु भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो सुरुवात मात्रै हो। ट्रेलर मात्रै हो, हेर्दै जानुस्, सिंगै फिल्म देखिन्छ। सिंगै फिल्म देखिनेवाला छ।’ 

अब आफूहरुलाई ठूला घेराबन्दी र दबाबहरु आउनसक्ने भन्दै उत्पीडित वर्ग समुदाय हाम्रो श्रमजीवि जनसमुदाय साथमा भएसम्म कसैले केही गर्न उनले बताए।

‘पक्कै पनि ठूला घेराबन्दी होलान्, ठूला दबाबहरु आउलान्, धम्कीहरु होलान्, धेरै चिजहरू हुनसक्छ, यो बीचमा तर हाम्रो उत्पीडित वर्ग समुदाय हाम्रो श्रमजीवि जनसमुदाय साथमा भयो भने जतिसुकै ठूला घेराबन्दी दबाब र धम्कीको सामना गरिनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने।

प्रधानमन्त्री दाहालले आफ्नो पार्टीलाई ३२ सिटे भन्ने गरेको उल्लेख गर्दै फेरि एक पटक गिर्जनसके बहुमतमा पुग्ने पनि दाबी गरे।

‘म लगायत केही नेता साथीहरु माईतीघर मण्डलाको चिसो पिच बाटोमा पलेँटी कसेर बसेका थियौँ। धेरै थिएनौँ। त्यतिबेला सरकारमा हुनेहरुले र अहिले भूटानी शरणार्थी बनाएर नेपालीलाई बेच्ने मान्छे मध्येकाहरुले बडो व्यंग्य गरेर चिसोमा प्रचण्डको हालतमा हेरत भन्थे,’ उनले भने, ‘माओवादी कमजोर भएको छ, ३२ सिटे हाम्रो नामाकरण भएको छ, हामी फेरि एक पटक गर्जियौँ भने बहुमतमा हामी पुग्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .