ad ad

राजनीति


नक्कली शरणार्थीबारे विश्वप्रकाश : कानुनले काम गर्दा कांग्रेस-एमाले भनेर छुट पाइँदैन

नक्कली शरणार्थीबारे विश्वप्रकाश : कानुनले काम गर्दा कांग्रेस-एमाले भनेर छुट पाइँदैन

फाइल तस्बिर


नेपालखबर
बैशाख २२, २०८० शुक्रबार १९:१४, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नक्कली शरणार्थी प्रकरणमा जुनसुकै दलका नेता जोडिए पनि कारबाही हुनुपर्ने बताएका छन्। 

पार्टी सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा शुक्रबार अपरान्ह बसेको बैठकपछि पत्रकारहरुसँग बोल्दै उनले यस्तो बताएका हुन्। 

महामन्त्री शर्माले कानुनले काम गरिरहेका बेला राजनीतिकर्मीहरु बोल्न नहुने पनि बताएका छन्। 

‘कानुनले काम गरिररहेका बेला राजनीतिककर्मी र दलहरु चुप लाग्नु पर्छ’, उनले भने, ‘तर राजनीतिले काम गरेका बेला कानुनले बाटो बिरायौ भन्न पाउँछ। नक्कली शरणार्थीको हकमा जसले गल्ती गरे पनि कारबाही हुनु पर्छ।’

उनले नेपाल जस्तो गरिबको देशमा हुने भ्रष्टाचार गरिब जनताको घरमा चोरी हुनु जस्तै हुने पनि उदाहरण दिए। 

शर्माले अब राणा शासनदेखिकै भ्रष्टाचारका फाइल खोल्न तयार हुनु पर्ने पनि बताएका छन्। ‘राणा शासनदेखिकै फाइल खोलौँ, भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राखिनु हुन्न’, उनले अगाडि भने, ‘भ्रष्टाचार गरेको पैसाले मेरो परिवार पालिएको रहेछ भने कारबाही हुनुपर्छ, सबैलाई कारबाही हुनुपर्छ।’

शर्माले नक्कली शरणार्थी प्रकरणमा कानुनले स्वच्छन्द रुपमा काम गर्न पाउनुपर्नेमा पनि जोड दिए। ‘गणतन्त्र हो, कानुनले स्वच्छन्द रुपमा काम गर्न पाउँछ’, उनले भने, ‘विधिको विषयमा कांग्रेस‍-एमाले भन्न हुँदैन। विधिले प्रश्न उठाएपछि कोही पनि उम्किन पाउँदैन।’

नक्कली शरणार्थी प्रकरणमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीपछि कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण पनि मुछिएको विषयमा उनले कसैलाई छाड्न नहुने बताए। 

‘यो वा त्यो भनेर कसैलाई बचाउन पाइँदैन। कानुनले काम गर्दा मेरो नेता कार्यकर्ता भन्न पाइँदैन’, उनले भने, ‘तर कसैमाथि भ्रष्टाचारको छानबिन गर्दा तथ्यमा आधारित हुनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .