नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा राजनीतिक अस्थिरता निम्तिनुमा विदेशी लगानीमा गरिएका अनुसन्धानबाट प्रवाहित विचार जिम्मेवार भएको दाबी गरेका छन्।
४६ सालको परिवर्तनपछि २८ भन्दा बढी प्रधानमन्त्री फेरिइसकेको उल्लेख गर्दै महासचिव पोखरेलले यसमा विदेशीको हात रहेको आशंका गरेका हुन्।
महासचिव पोखरेलले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्– ‘छ्यालिसको परिवर्तनपछिका ३३ वर्षमा २८ भन्दा बढी प्रधानमन्त्री हुने राजनीतिक अस्थिरताको सर्जक नेपालका राजनीतिक दल र तिनका नेताहरू मात्र हुन् कि विदेशी लगानीमा गरिएका कथित अनुसन्धानवाट प्रवाह गरिएका प्रायोजित विचारले सिर्जित सामाजिक अराजकता पनि हो?’
विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व र यसका लागि बलियो राष्ट्रिय शक्ति आवश्यक भएको उल्लेख गर्दै उनले यस विषयमा छलफल गर्न आह्वान पनि गरेका छन्।
‘विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व र राजनीतिक स्थायित्वका लागि बलियो राष्ट्रिय शक्तिको निर्माण आवश्यक हुन्छ भने त्यो कसरी सम्भव हुन्छ’, उनले आग्रह गरेका छन्, ‘आउनुहोस्, छलफल गरौँ।’
Shares
प्रतिक्रिया