ad ad

राजनीति


कांग्रेसबाट तीन मन्त्री थपिए, कानुनमा धनराज गुरुङ

कांग्रेसबाट तीन मन्त्री थपिए, कानुनमा धनराज गुरुङ

नेपालखबर
बैशाख २०, २०८० बुधबार १६:५८, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसका ३ सांसदहरुलाई मन्त्रीमा नियुक्त गरेका छन्।

उनले धनराज गुरुङ, मोहनबहादुर बस्नेत, डिगबहादुर लिम्बूलाई मन्त्री नियुक्त गरेका हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला, बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र लिम्बूलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो पटक गत वैशाख ३ गते आठौँ पटक मन्त्रिपरिषद् विस्तार गरेका थिए।

आठौँ पटकको विस्तारमा कांग्रेस सांसद एनपी साउदलाई परराष्ट्रमन्त्री र नेकपा एकीकृत समाजवादीका सांसद नन्दा चपाईंलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नियुक्त गरे। त्यसअघि उनले चैत १७ गते कांग्रेसका तर्फबाट चारजनालाई मन्त्री नियुक्त गरेका थिए।

सातौँ विस्तारका क्रममा पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, डा. प्रकाशशरण महत अर्थमन्त्री, सीता गुरुङ सहरी विकासमन्त्री र रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भएका थिए।

प्रधानमन्त्रीमातहत अहिले पनि वन र खानेपानी मन्त्रालय छन्। वन मन्त्रालय जनता समाजवादी पार्टी (जसपा) को भागमा परेको मन्त्रालय हो भने खानेपानी मन्त्रालयबाट जनमत पार्टीका अब्दुल खान बाहिरिएपछि प्रधानमन्त्रीमातहत गएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .