नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका गाडी चालक शम्भु थापाको हत्या भएको हुन सक्ने आशंका गरेका छन्।
गत वैशाख ४ गते बिहान भरतपुर महानगरपालिकास्थित अढाई तले घरमा सुतिरहेका बेला छतबाट झरेर गम्भीर घाइते थापाको उपचारका क्रममा मंलगबार निधन भएपछि बस्नेतले यस्तो आशंका गरेका हुन्।
थापाको पुरानो मेडिकल कलेज भरतपुरमै टाउकोको शल्यक्रियापछि स्वास्थ्यमा सुधार नहुँदा वैशाख ५ गते मेडिसिटी अस्पतालमा ल्याइएको थियो।
तर उनलाई त्यहाँ ल्याएदेखि नै भेन्टिलेटरमा उपचार गरिरहँदा उनी कोमामा गएका थिए। थापाले कोमामा गएकै अवस्थामा मंगलबार प्राण त्यागेका छन्।
यस्तोमा बस्नेतले थापाले आत्महत्या गरेको होस् भन्ने अपेक्षासहित हत्याको आशंका गरेका हुन्।
‘रविजीको ड्राइभर शम्भु भाइको हत्या भएको नहोस्’, उनले उक्त घटनाबारे शंका व्यक्त गर्दै भनेका छन्, ‘आत्महत्या भएको होस्। कसैले आत्महत्या दुरुत्साहन नगरेको होस्। अझ दुर्घटना भएको होस्।’
Shares
प्रतिक्रिया