ad ad

राजनीति


चितवनमा प्रचण्डले भने : रविजीले रोजेकै मन्त्रालय दिन अहिले सजिलो छैन

सरकारमा आए भ्रष्टाचारको फाइल खोल्न तयार
चितवनमा प्रचण्डले भने : रविजीले रोजेकै मन्त्रालय दिन अहिले सजिलो छैन

चितवनमा आयोजित कार्यक्रममा प्रचण्ड। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
बैशाख १८, २०८० सोमबार ११:२९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी फेरि सरकारमा आएमा भ्रष्टाचारका सबै फाइल खोल्न तयार रहेको बताएका छन्।

सोमबार गृहजिल्ला चितवनस्थित निजी निवासमा पत्रकारहरुसँगको सम्वादका क्रममा प्रधानमन्त्री प्रचण्डले यसो भनेका हुन्। 

'रवि लामिछानेजी सरकारमा आए भ्रष्टाचारको कुन फाइल खोल्नु पर्ने हो म तयार छु। रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन', उनले भने, 'हिजो उहाँ बालुवाटार आउनु भएको थियो। उहाँ (रवि) ले पनि पार्टीमा सल्लाह गर्ने र मैले गठबन्धनमा सल्लाह गर्ने कुरा भएको छ।'

प्रचण्डले अझै पनि सरकारको समर्थन फिर्ता लिने कुरा नभएको पनि बताए। 'उहाँले स्वभावैले पहिलाको मन्त्रालय खोज्नु अस्वभाविक चाहिँ होइन। मलाई लाग्दैन उहाँ त्यसमै (गृहमन्त्रालय) अडिग हुनु हुन्छ। तर अहिले उहाँले रोजेकै मन्त्रालय दिने अवस्था छैन। मैले यता गठबन्धनमा पनि सल्लाह गर्नुपर्छ। हामी सल्लाह गरेर टुंगो लगाउँछौँ। रोजेकै मन्त्रालय दिने भन्ने कुरा त्यति सहज छैन।'

प्रचण्डले आइतवारको भेटमा रविले पनि यही मन्त्रालय चाहिन्छ नभनेको दाबी गरे। 'उहाँले पनि यही नै चाहिन्छ भन्नु भएको छैन। अहिले नै त्यो अवस्था बनिसकेको छैन', उनले भने, 'रविजीले भ्रष्टचारको फाइल सरकारले नखोल्ने रहेछ भनेको सुनेँ। उहाँले खपतका लागि भन्नु भयो होला अहिलेको सरकारले भ्रष्टाचारको फाइल नखोल्ने भनेको छैन। सरकारमा आउनु, कुन फाइल खोल्नुपर्छ म तयार छु।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .