ad ad

राजनीति


कांग्रेसमा चल्यो नीति महाधिवेशनको चर्चा, धुम्बाराहीमा सरकारबारे समीक्षा

कांग्रेसमा चल्यो नीति महाधिवेशनको चर्चा, धुम्बाराहीमा सरकारबारे समीक्षा

आइतबारको बैठकमा सहभागी भएका नेपाली कांग्रेसका पदाधिकारीहरू। फाइल तस्बिर


नेपालखबर
बैशाख १७, २०८० आइतबार २१:१०, काठमाडौँ

नेपाली कांग्रेसको पदाधिकारी बैठकमा तीनवटा विषयमा छलफल भएको छ। 

सभापति शेरबहादुर देउवाको निवासमा आइतबार साँझ बसेको बैठकमा तीन विषयमा छलफल भएको एक पदाधिकारीले जानकारी दिए। 

ती पदाधिकारीका अनुसार आजको बैठकमा नीति महाधिवेशनबारे पनि छलफल भएको थियो। यद्यपि यसबारे कुनै औपचारिक निर्णय भने भएको छैन। 

आजको बैठकमा भातृ संगठनको पूर्णता र सरकारको पर्फमेन्सबारे छलफल भएको ती नेताले बताए। 

‘विशेषगरी नीति महाधिवेशन, सरकारको पर्फमेन्स र भातृ संगठनको पूर्णताबारे आजको बैठकमा छलफल भएको छ,’ ती पदाधिकारीले भने, ‘औपचारिक निर्णय केहीपनि भएको छैन।’

त्यस्तै, बैठकमा सरकारमा पठाउने मन्त्रीहरूको बारेमा पनि कुनै छलफल नभएको ती नेताले जानकारी दिए।

बैठकमा सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माको उपस्थिति थियो। 

वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा प्रतिकूल नतिजा आएपछि कांग्रेसमा सुधार र रुपान्तरणको बहस सुरु भएको छ। 

केन्द्रीय कार्यसमिति बैठक बोलाएर उपनिर्वाचनको समीक्षा गर्नु पर्ने र नीति महाधिवेशनको मिति तय गर्नु पर्ने कांग्रेसमा आवाज उठिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .