ad ad

राजनीति


स्वदेश फर्कंदै भण्डारीले भने- आगोमा जलेर कुनै नेपालीले मर्नु नपरोस्

स्वदेश फर्कंदै भण्डारीले भने- आगोमा जलेर कुनै नेपालीले मर्नु नपरोस्

तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
बैशाख १७, २०८० आइतबार २०:२९, काठमाडौँ

नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारी स्वदेश फर्किएका छन्।

भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचार सकेर उनी आइतबार साँझ स्वदेश फर्किएका हुन्। उपचार सकेर नेपाल फर्किएपछि डा. भण्डारीले आगलागीबाट हुेन मृत्युदर कम गर्न पैरवी गर्ने संकल्प गरेका छन्। 

उनले एक प्रेस नोट जारी गर्दै कुनैपनि नेपालीले आगलागीबाट मर्नु नपरोस् भन्ने पहिलो अभियान आफ्नो हुने बताएका छन्। 

‘जुन दिन अब चाहिं बाँच्छु जस्तो लाग्यो, नेपालमा आगलागीबाट हुने घटनाहरु कम गर्न तथा आगलागीबाट हुने मृत्युदर कम गर्न पैरवी गर्छु, काम गर्छु भन्ने संकल्प गरें,’ उनले भनेका छन्, छत्यसैले, मेरो अभियान हुनेछ–कुनै नेपालीले आगोमा जल्नु नपरोस्, आगलागीमा परेको कुनै पनि नेपालीले मर्नु नपरोस्।’

जसका लागि आवश्यक नीतिगत सुधार तथा कानुनी व्यवस्थाका लागि लागिपर्ने उनले बताएका छन्।

उनले आफूलाई बाँच्नका लागि साथ र सहयोग गरेकोमा नेपाल सरकार, विभिन्न राजनीतिक दलका नेताहरु, सहकर्मीहरु सबैप्रति आभार र धन्यवाद व्यक्त गरे।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरुमाझ नेता भण्डारीले आफू थप उपचारको लागि भारत गएकै दिन नेपाल सरकारले अर्को बर्न अस्पताल बनाउने निर्णय गरेकोमा खुशी समेत व्यक्त गरे। 

स्वास्थ्यमा सुधार हुँदै गएपछि उनी स्वदेशमै बसेर उपचार गर्नेगरी फर्किएका हुन्। 

उनी गत फागुन ३ गते खाना पकाउने ग्यास लिक भएर घाइते भएका थिए। सोही घटनामा घाइते भएका नेता भण्डारीकी आमाको उपचारको क्रममा निधन भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .