ad ad

राजनीति


विदेश भ्रमण कसले गरेन? कहाँ गरेन? अनि भयो चाहिँ के? - मन्त्री किराँती

विदेश भ्रमण कसले गरेन? कहाँ गरेन? अनि भयो चाहिँ के? - मन्त्री किराँती

फाइल तस्बिर।


नेपालखबर
बैशाख १७, २०८० आइतबार ९:५७, काठमाडौँ

संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विदेश भ्रमण नगर्ने घोषणा गरेका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले दुई देशबीचको औपचारिक बाहेक अन्य विदेश भ्रमण नगर्ने घोषणा गरेका हुन्।

विदेश घुमाउने र निम्तो दिने सिलसिलामा मात्रै २५ प्रतिशत समय खर्च भइरहेको उनको भनाइ छ। उनले यो भ्रमण गर्ने नभई काम गर्ने समय भएको पनि बताएका छन्।

'विदेश घुमाउने र निम्तो दिने सिलसिलाले २५ प्रतिशत समय खर्च भइरहेको छ, यो काम गर्ने समय हो, भ्रमण गर्ने होइन,' उनले भनेका छन्, 'मनमा प्रश्न उठ्छ भ्रमण कसले गरेन? कहाँ गरेन? अनि भयो चाहिँ के?'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .