राजनीति


कोशी प्रदेशमा प्रचण्डपथ लागू हुन सक्दैन : योगेश भट्टराई

कोशी प्रदेशमा प्रचण्डपथ लागू हुन सक्दैन : योगेश भट्टराई

नेपालखबर
बैशाख १५, २०८० शुक्रबार १९:३४, काठमाडौँ

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले अराजकता मच्चाएर राज्य सत्तालाई असफल बनाउने प्रचण्डपथ कोशी प्रदेशमा सफल नबन्ने बताएका छन्। 

शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले सो कुरा बताएका हुन्। 

उनले कोशी प्रदेश नामाकरणको बिरोध शान्तिपूर्ण रुपमा गर्न पाउने भएपनि नेकपा (माओवादी केन्द्र)का संगठनहरुले नै प्रमुख प्रतिपक्षी दलका नेतामाथि आक्रमणको प्रयास गर्नु आपत्तिजनक रहेको बताए।

उनले अहिले एउटा राजनीतिक दल नेकपा एमाले लक्षित गरी आक्रमण भइरहेको पनि बताए। 

अराजकता मच्चाएर राज्य सत्तालाई असफल बनाउने र त्यहीमाथि टेकेर टाउकोमा हान्ने प्रचण्डपथ फेरि लागू गर्न खोजिएको हो भने कोशी प्रदेशमा सह्य नहुने चेतावनी समेत उनले दिएका छन्। 

‘प्रदेशको नामाकरण र प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेश सभालाई हुन्छ। त्यस अनुसार ६ प्रदेशले नाम राजधानी सबै गरे, प्रदेश १ ले पनि निर्णय लियो, त्यसमा मुख्यमन्त्री हिक्मत कार्कीले सामान्य समन्वय गर्नुभयो,’ उनले भने, ‘उहाँले नेपालका शीर्ष राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्नुभयो। त्यो समन्वयको आधारमा प्रदेश सभाले निर्णय गरेको हो।’

जुन विषयको बिरोध गर्न पाइने भएपनि त्यसको पनि सीमा हुने उनले बताए। 

‘उहाँहरुले अपनाएको शैलीको हामी निन्दा गर्दछौँ। नेकपा एमाले केन्द्रित लक्षित जुन आक्रमण छ, त्यो आक्रमणले हामीलाई कतै सत्ता केन्द्रित दलहरु नै संलग्न छैनन्? भन्ने शंका छ,’ भट्टराईले भने, ‘प्रधानमन्त्री स्वयंले नै आगोमा घिउ थपिरहनुभएको छ। प्रधानमन्त्रीले सहमति दिनुभयो, पार्टी फिर्ता हुन्छ भन्नुभयो नामाकरणपछि। आएको रिपोर्टमा माओवादीका साथीहरु संलग्न भएका छन् भन्ने छ। त्यो कुरा पुलिस, प्रशासन, प्रधानमन्त्रीलाई थाहा छ । अराजकता मच्चाएर राज्य सत्तालाई असफल बनाउने र त्यहीमाथि टेकेर टाउकोमा हान्ने प्रचण्डपथ फेरि गू गर्न खोजिएको हो भने कोशी प्रदेशमा यो सम्भव छैन।’

सचिव भट्टराईले प्रधानमन्त्री दाहालले कोशी प्रदेश नाममाकरण गर्न सहमति दिएपछि पुनः फिर्ता लिनु गैरजिम्मेवारीपन भएको बताए।

‘हामी गोरखाली भाषामा प्रचण्डपथलाई भन्न चाहन्छौँ, कोशी प्रदेशमा यो सम्भव छैन,’ सचिव भट्टराईले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .