राजनीति


संक्रमणकालीन न्यायको विषय सर्वदलीय बैठकबाटै टुंगिन्छ : मन्त्री शर्मा

संक्रमणकालीन न्यायको विषय सर्वदलीय बैठकबाटै टुंगिन्छ : मन्त्री शर्मा

नेपालखबर
बैशाख १४, २०८० बिहिबार १५:१८, काठमाडौँ

सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले लामो समदेखि टुङ्गोमा पु¥याउन नसकिएको सङ्क्रमणकालीन न्यायको विषयलाई सर्वदलीय बैठकबाट टुंग्याउने तयारी भइरहेको बताएकी छिन्। 

बिहीबार दाङको घोराहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले सीमा समस्या समाधान गर्न, राज्यको शासन प्रणाली व्यवस्थित बनाउने सवालमा पनि सर्वदलीय बैठकबाट सहमतिको टुंगोमा पुग्नेगरी छलफल भइरहेको बताइन्। 

साथै, उनले अत्यावश्यक बाहेकका ठाउँमा कर्मचारी कटौती, कम लागतमा बढी प्रतिफल दिने क्षेत्रमा बजेट विनियोजन लगायतका विषयमा छलफल भइरहेको बताइन्। 

अधिकांश स्थानमा अनावश्यक कर्मचारी भर्ती हुँदा खर्च बढेको, अनुत्पादक क्षेत्रमा बजेट खर्च हुँदा राज्यलाई व्ययभार बढेको, नागरिकलाई लाभ हुने आयोजना भन्दा विकासे आयोजनामा बजेट परेको जस्ता समस्यामाथि गुनासो आइरहेको उनले बताइन्। 

मन्त्री शर्माले घोराही–तुलसीपुर चार लेन सडक आयोजनाको काम नयाँ ढङ्गबाट थालनी गर्ने प्रक्रिया अघि बढेको बताइन्।

भारतीय एक्जिम बैंकको लगानीमा भारतीय निर्माण कम्पनीबाट सडक निर्माणको काम गर्दा समस्या भएको जनाउँदै उक्त आयोजनाको कामलाई चाँडै नै नयाँ ढङ्गबाट प्रक्रिया अघि बढाउने विषयमा सरकारले गृहकार्य सुरु गरेको उनले जानकारी दिइन्।

भारतीय निर्माण कम्पनीले कामको जिम्मेवारी लिएर अहिलेसम्म नौ वटा ठेकेदारलाई काम गर्न लगाउँदा पनि भौतिक प्रगति नदेखिएको हुँदा ठेक्का प्रक्रिया रद्द गरी एक्जिम बैंकको लगानीलाई नेपाली निर्माण कम्पनीबाट गराउने गरी नीतिगत रुपमा सहमत जुटाउने काम भइसकेको उनको भनाइ छ।

उनले असार अगावै चारलेन सडक निर्माणलाई नयाँ ढङ्गबाट अघि बढाउन सकिने विश्वास दिलाइन्।

काम नहुँदा अस्तव्यस्त र जीर्ण बनेको सडक निर्माण कम्पनीले काम नगर्दासम्म सरकारले बजेट विनियोजन गरेर सडक मर्मत गर्ने उनको भनाइ थियो । 

यसैगरी, उनले देशमा आर्थिक सङ्कट गहिरिँदै गएको हुँदा सरकारले बजेटको सिलिङ घटाएर कम लगानीमा बढी प्रतिफल दिने योजनालाई प्राथमिकतामा राख्ने खोजेको बताइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .