ad ad

राजनीति


संसदमा प्रश्न : राष्ट्रपतिलाई के भएको हो? विदेश नै किन लगियो?

संसदमा प्रश्न : राष्ट्रपतिलाई के भएको हो? विदेश नै किन लगियो?

फाइल तस्बिर


नेपालखबर
बैशाख १३, २०८० बुधबार १४:३५, काठमाडौँ

राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे सरकारले सदनमा जानकारी गराउनुपर्ने बताएकी छन्। 

बुधवारको राष्ट्रिय सभा बैठकमा शुन्य समयमा बोल्दै उनले कुन–कुन रोगको नेपालमा उपचार हुँदैन र त्यसलाई सुधार गर्न के गर्नुपर्छ भन्ने विषयमा पनि सरकारले ध्यान दिनुपर्ने बताइन्। 

‘हाम्रो देशको राष्ट्रपतिज्यु करिव १० दिनदेखि भारतमा उपचार गरिराख्नुभएको छ। बिरामी हुनुहुन्छ भन्ने हामीले सुनेका छौँ। तर सरकारबाट यसको आधिकारिकता के भएको हो उहाँलाई?', उनले सोधिन्, 'नेपालमा त्यसको उपचार
हुन्थ्यो कि हुन्नथ्यो? अनि उहाँको सुधार कस्तो भइराखेको छ? यो विषयमा सरकारले जनताहरुको लागि सदनमा जानकारी गराउनुपर्छ।'

उनले वीर अस्पतालमा भीभीआइपीको उपचारका लागि राखिएको कक्षमा धुलो लागेको बताइन्। 'वीर अस्पतालमा भीभीआइपी कक्ष धुलो लागेर अलपत्र छ। हाम्रा भीभीआइपीहरु धेरैजसो बाहिरै गएर उपचार गराइरहनु भएको छ', उलने भनिन्, 'कुन–कुन रोगको नेपालमा उपचार हुँदैन? त्यसलाई सुधार गर्न के गर्नुपर्छ भन्ने पनि सरकारले ध्यान दिनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .