ad ad

राजनीति


जनमत पार्टीका प्रतिनिधिले साँचो लगेपछि बारा २ मा रोकियो मतगणना

जनमत पार्टीका प्रतिनिधिले साँचो लगेपछि बारा २ मा रोकियो मतगणना

फाइल तस्बिर


जयन्त ठाकुर
बैशाख १२, २०८० मंगलबार ११:४६, जनकपुरधाम

मतपेटिका राखिएको कोठाको साँचो जनमत पार्टीका प्रतिनिधिले लगेपछि बारा २ मा उपनिर्वाचनको मत गणना रोकिएको छ।

पछिल्लो मत परिणामअनुसार जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहा झन् पछाडि पर्न थालेपछि जनमतका प्रतिनिधि मतपेटिका राखिएको कोठाको साँचो लिएर मतगणना स्थलबाट बाहिरिएका हुन्।

यता निर्वाचन आयोगका पदाधिकारीले दलका प्रतिनिधिलाई मत गणना स्थलमा पठाउन लगातार माइकिङ गरिरहे पनि कोही पुगेका छैनन्।

बारा २ मा जारी मत गणनामा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार उपेन्द्र यादवले आफ्नो अग्रता कायमै राखेका छन्। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले उपलब्ध गराएको पछिल्लो परिणामअनुसार जसपा अध्यक्ष यादवले १३ हजार ८ सय ४ मत ल्याइसकेका छन्। उनलाई पछ्याइरहेका जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले अहिलेसम्म ९ हजार २ सय ३१ मत प्राप्त गरेका छन्। 

यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २ हजार ३१ मत ल्याएका छन्।  

अहिलेसम्म ३२ हजार मत गनिसकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। बारा–२ मा कूल ६८ हजार ८ सय ८७ मत खसेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .